AarthikBikash
शुक्रबार, चैत्र ७, २०८१
  • होमपेज
  • राजनीति
  • नयाँ बजेटमा मन्त्री र नेताको खल्तीका योजना पर्दैनन् : अर्थमन्त्री पौडेल

नयाँ बजेटमा मन्त्री र नेताको खल्तीका योजना पर्दैनन् : अर्थमन्त्री पौडेल

  • बिहिबार, चैत्र ६, २०८१
नयाँ बजेटमा मन्त्री र नेताको खल्तीका योजना पर्दैनन् : अर्थमन्त्री पौडेल

काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ बजेट बनाउँदा मन्त्री र नेताका खल्तीका योजना समावेश नहुने बताएका छन् ।

प्रतिनिधि सभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व पहिलो संशोधन विधेयक २०८१’माथि भएको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

संविधान र संघीयताको मर्म अनुसार प्रदेश र पालिकाको अधिकारमा नयाँ बजेटले हस्तक्षेप नगर्ने उनले बताए। मन्त्री पौडेलले खल्तीका आयोजनामा बजेटमा समावेश नहुने बताए।

अर्थमन्त्री पौडेलले भने,‘योजना बैंकमा नजाने हो भने जस्तासुकै योजना बजेटमा पर्ने भए । मन्त्री–नेताको खल्तीको योजना बजेटमा समावेश गर्नु हुँदैन भन्ने कुरामा म प्रतिबद्ध छु । सांसदको भनाइमा सहमति छ र साथको अपेक्षा गर्छु।’

अर्थमन्त्री पौडेलले बजेट निर्माणको क्रममा राष्ट्रिय योजना आयोगको भूमिकालाई संकुचन नगरिएको स्पष्ट गरे। सीमित स्रोतबाट अधिकतम प्रतिफल दिनेगरी बजेटको तयारीमा सघन ढंगले छलफलमा जुटेको मन्त्री पौडेलले बताए ।

Facebook Comments

सम्बन्धित समाचार