кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, जेष्ठ २८, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँ : सभामुख घिमिरे

संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँ : सभामुख घिमिरे

  • शनिबार, चैत्र ८, २०८१
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँ : सभामुख घिमिरे

काठमाडौं-सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम प्रयास भइरहेको बताएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।

उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरू छिटो टुङ्गो लगाउने काममा लागिरहेको बताए।

उनले संविधानले प्रदान गरेका अधिकार पूर्ण रूपमा प्रयोग गर्न सक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको बताए ।

सभामुख घिमिरेले सङ्घीय निजामती सेवा ऐनको अभावले प्रशासनिक सङ्घीयता कमजोर बनाएको आम जनगुनासो आएको पनि बताए।

संविधानले अधिकार विकेन्द्रीकरण गरे पनि व्यवहारमा केन्द्रिकरण बढिरहेको भन्दै उनले योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु सङ्घीयताको मर्मअनुसार नभएको बताए ।

सङ्घीयता बलियो बनाउन अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरूलाई क्रियाशील बनाउन जरुरी रहेको बताए ।

सम्बन्धित समाचार