AarthikBikash
सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • समाज
  • ससुराली हिँडेका शिवशंकरको अपहरणपछि हत्या

ससुराली हिँडेका शिवशंकरको अपहरणपछि हत्या

  • आइतवार, चैत्र ९, २०८१
ससुराली हिँडेका शिवशंकरको अपहरणपछि हत्या

काठमाडौं– ससुराली हिँडेका एक युवकको अपहरणपछि हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो। उनको शव गौशाला नगरपालिका-८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको थियो।शव शुक्रबार साँझ साढे फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो । शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको महोत्तरी प्रहरीको प्रारम्भिक अनुमान छ ।

हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ । शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए।

Facebook Comments

सम्बन्धित समाचार