AarthikBikash
सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राजावादीका प्रदर्शनकारीले तीनकुनेमा घरमा लगाए आगो

राजावादीका प्रदर्शनकारीले तीनकुनेमा घरमा लगाए आगो

  • शुक्रबार, चैत्र १४, २०८१
राजावादीका प्रदर्शनकारीले तीनकुनेमा घरमा लगाए आगो

काठमाडौं-उग्र बनेका राजावादीहरूले तीनकुनेमा एउटा घरमा आगजनी गरेका छन्। आगजनीबाट उक्त घर जलेको छ। राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् । उनीहरूले व्यक्तिका घर,पसलमा  ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको छ। झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। राजावादी समर्थकहरू कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन्। उनीहरूमाथि प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार