AarthikBikash
सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • समाचार
  • तीनकुने क्षेत्रमा कर्फ्यु जारी

तीनकुने क्षेत्रमा कर्फ्यु जारी

  • शुक्रबार, चैत्र १४, २०८१
तीनकुने क्षेत्रमा कर्फ्यु जारी

काठमाडौं – राजावादी समर्थित प्रदर्शनकारीले अराजकता मचाएपछि तीनकुने क्षेत्रमा कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार ४ बजेदेखि लागू हुनेगरी कर्फ्यु जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताए।

उनका अनुसार गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु जारी गरिएको छ।

ललितपुरतर्फ बालकुमारी पुल, भक्तपुरतर्फ जडबुटी पुल, सिनामंगल चोक र तिनकुले पुल क्षेत्रमा कर्फ्यु लगाइएको उनले बताए। राजावादी समर्थित प्रदर्शनकारीले तीनकुनेस्ति एउटा घरमा आगजानी गरेका थिए। अहिले त्यस आसपासका पार्टीका कार्यालय, मिडिया र सरकारी कार्यालयहरू प्रदर्शनकारीले आगजनी प्रयास गरिएको प्रहरीले जानकारी दिएको छ।

null

Facebook Comments

सम्बन्धित समाचार