AarthikBikash
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • समाज
  • हट्यो तीनकुने र आसपासको कर्फ्यु

हट्यो तीनकुने र आसपासको कर्फ्यु

  • शनिबार, चैत्र १५, २०८१
हट्यो तीनकुने र आसपासको कर्फ्यु

काठमाडौं –  काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको छ ।

शुक्रबार दिउँसो ४ः२५ देखि लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइएको हो । काठमाडौंको तिनकुने, कोटेश्वर, शंखमूल, बानेश्वर लगायतको क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो ।

शुक्रबार राजावादीको प्रदर्शनकाक्रममा व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो । शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार