AarthikBikash
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • खेलकुद
  • पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

  • शनिबार, चैत्र १५, २०८१
पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं-आठौं संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो। यो जितसँगै साविक विजेता नेपाल पुलिस क्लबले उपाधि रक्षा गरेको छ। यो प्रधानमन्त्री कपको इतिहासमा पुलिसको चौथो उपाधि हो।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लब ४३ ओभरमा १५४ रन बनाउँदै अल आउट भएको थियो। आर्मीले दिएको १५५ रनको विजयी लक्ष्य पछाएको पुलिसले २५.२ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

फाइनल खेलमा पुलिसका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ६१ रनको अर्धशतकीय पारी खेले उनले ७० बलमा ७ चौका र ३ छक्का प्रहार गरे। अर्का ब्याटर अमित श्रेष्ठले ३९ रन बनाए। दिलिप नाथ ३१ रनमा अविजित रहे। त्यस्तै अर्जुन साउद नौ रनमा अविजित रहे।

आर्मीका लागि बलिङतर्फ साहब आलमले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा ५१ रन खर्चिए। नरेन साउदले एक विकेट लिए। त्यसअघि ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबका लागि मेटल अर्डरमा आएका बसिर अहमदले सर्वाधिक ८६ रनको पारी खेलेका थिए। उनले १०४ बलमा ९ चौका र एक छक्का प्रहार गरेका हुन्। कप्तान विनोद भण्डारीले २९ रन बनाउँदा विवेक यादवले ११ रन जोडे। अन्य कुनै पनि बाटोले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

यसका लागि बलिङतर्फ करण केसी र सागर ढकालले समान ३-३ विकेट लिए। कप्तान दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिँदा ललित राजवंशी र गुल्सन झाले १-१ विकेट लिए। अघि पुलिसले २०१७ मा त्रिभुवन आर्मी क्लबसँगै उपाधि बाँडेको थियो। २०१९ मा पनि नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि जितेको थियो।

फाइनल अघि भएको लिग चरणको खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको पुलिसले कमब्याक गर्दै फाइनलमा उपाधि चुमेको हो। चरणको अन्तिम खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई चार विकेटले हराएको थियो।

Facebook Comments

सम्बन्धित समाचार