काठमाडौं-तीनकुने घटनामा संलग्न राजाबादी समुहका थप १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका उनीहरू राजावादी समूहको आन्दोलनका कमान्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ ।
प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई भने म्याद थप गरेर अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरीले जनाएको छ ।