काठमाडौं-संयुक्त अरब इमिरेट्स (युएई)ले १६६ जना नेपालीलाई आममाफी दिएको छ ।
रमजान महिना र ईदको अवसरमा युएई सरकारले विभिन्न अपराधमा जेल जीवन बिताइरहेका १६६ नेपाली कैदीलाई आममाफी दिएको हो ।
परराष्ट्र मन्त्रालयले उक्त निर्णयप्रति युएई सरकारलाई धन्यवाद दिएको छ। दुई देशबीचको सम्बन्धलाई थप सौहार्दता प्रदान गरेको र यस प्रकारको क्षमादानलाई नेपाल सरकारले उच्च मूल्यांकन गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ।
सरकारले युएईस्थित नेपाली दूतावासमार्फत कैदीबन्दी नेपालीहरूलाई माफी दिन अपील गरेको थियो ।