mega darknetmega darknet
AarthikBikash
बिहिबार, भदौ १९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • आज रामनवमी, भगवान् रामको पूजा आराधना गरिँदै

आज रामनवमी, भगवान् रामको पूजा आराधना गरिँदै

  • आइतवार, चैत्र २३, २०८१
आज रामनवमी, भगवान् रामको पूजा आराधना गरिँदै

काठमाडौं – चैत्र शुक्ल पक्षको नवमी तिथि। सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी आइतबार रामनवमी पर्व मनाउँदै छन्।

त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका श्रारीम मर्यादापुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ।

उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ। ​कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ।

रामनवमी पर्वमा रामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ। ​रामनवमीको अवसरमा उनको जन्मभूमि भारतस्थित अयोध्या र ससुराली नेपालस्थित जनकपुरक्षेत्रमा उत्सव चल्छ।

२०८२ सालमा दुई रामनवमी परेको छ। यसअघि वैशाख ५ गते यो पर्व परेको थियो। रामनवमीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

सम्बन्धित समाचार