काठमाडौं-संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।
बिहान १० बजे सिंहदरबारमा बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।
यसैगरी, दिउँसो ३ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।