AarthikBikash
मङ्लबार, चैत्र २५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पूर्वगृहमन्त्री लामिछानेलाई आज रूपन्देही अदालतमा उपस्थित गराइँदै

पूर्वगृहमन्त्री लामिछानेलाई आज रूपन्देही अदालतमा उपस्थित गराइँदै

  • सोमवार, चैत्र २४, २०८१
पूर्वगृहमन्त्री लामिछानेलाई आज रूपन्देही अदालतमा उपस्थित गराइँदै

काठमाडौं – रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा उनी शुक्रबार पक्राउ परेका थिए ।

उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

त्यसपछि लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।

लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ । सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार