काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ।
बैठकबाट केही नियुक्ति, बढुवा लगायतका निर्णय हुने बताइएको छ। बैठकमा थाइल्याण्ड भ्रमणको विषयमा पनि समीक्षा हुनेछ।
आजको बैठकमा गभर्नर नियुक्ति र आन्दोलनरत शिक्षकको मागको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।