AarthikBikash
बुधबार, बैशाख ३, २०८२
  • होमपेज
  • राजनीति
  • तीन तहको सरकारबीच समन्वय आवश्यक छ : उपप्रधानमन्त्री सिंह

तीन तहको सरकारबीच समन्वय आवश्यक छ : उपप्रधानमन्त्री सिंह

  • बुधबार, बैशाख ३, २०८२
तीन तहको सरकारबीच समन्वय आवश्यक छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं-उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भक्तपुरको चाँगुनारायणमा निर्माणाधिन १ सय ८ फिट अग्लो महादेवको मूर्ति स्थापनाका लागि तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिकामा मंगलबारदेखि शुरु भएको शिव पुराण ज्ञान यज्ञको शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले मुर्ति निर्माण सम्पन्न गर्नको लागि आफ्नो तर्फबाट गर्नसक्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

१०८ फिट अग्लो मूर्ति निर्माण सम्पन्न गर्न आर्थिक संकलन तथा धार्मिक महत्व उजागर गर्ने उद्देश्यले शिव पुराण महोत्सव सुरु भएको हो । महोत्सव यही बैशाख १३ गतेसम्म चल्ने बताइएको छ । नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष’ समेत हिजोदेखि सुरु भएको छ । नगरकोट भ्रमण वर्षलाई समेत लक्षित गरी महोत्सव आयोजना बताइएको छ । भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौं जिल्लाका चार नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्ष शुरु गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार