AarthikBikash
बुधबार, बैशाख ३, २०८२
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • शिक्षक आन्दोलन : एसईईको उत्तरपुस्तिका परीक्षण केन्द्रमै थन्कियो

शिक्षक आन्दोलन : एसईईको उत्तरपुस्तिका परीक्षण केन्द्रमै थन्कियो

  • बुधबार, बैशाख ३, २०८२
शिक्षक आन्दोलन : एसईईको उत्तरपुस्तिका परीक्षण केन्द्रमै थन्कियो

काठमाडौं-माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगिसकेको छ ।

यतिबेला शिक्षकहरु एसईईको उत्तरपुस्तिका परीक्षण गर्नमा व्यस्त हुनु पर्ने हो । तर, देशभर शिक्षकहरु नै राजधानी केन्द्रित आन्दोलनमा छन् ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरेपनि शिक्षकहरुकै कारण ढिला हुने भएको छ ।

शिक्षक तथा कर्मचारीहरु भने शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा होमिएका छन् । शिक्षकहरुको आन्दोलनकै कारण उत्तरपुस्तिका परीक्षण गरेका छैनन् । जसको कारण एसईईको नतिजा प्रकाशन गर्न ढिलो हुने भएको छ ।

सरकार र शिक्षक महासंघबीच पटकपटक संवाद भएपनि सहमति जुटन् सकिरहेको छैन् ।

आन्दोलनको टुंगो नलागे माध्यामिक शिक्षा परीक्षाको नतिजाका साथै कक्षा १२ को परीक्षा पनि प्रभावित हुने निश्चित देखिएको छ ।

परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा राखिएको भएपनि शिक्षकहरु कपी जाँच्न नगएको बताउँछन् ।

एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए ।

शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेको छ ।

शिक्षा ऐन जारी नहुँदासम्म एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने अडान लिएका छन् ।

मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको छ । तर,सरकारबाट पटक–पटक धोका पाएको भन्दै शिक्षक महासंघले शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ ।

शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार