кракен ссылкакракен ссылка
AarthikBikash
शनिबार, जेष्ठ २५, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • समाजवादको भ्रूण नेवार समुदायमा छ : प्रचण्ड

समाजवादको भ्रूण नेवार समुदायमा छ : प्रचण्ड

  • शनिबार, बैशाख ६, २०८२
समाजवादको भ्रूण नेवार समुदायमा छ : प्रचण्ड

काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको भ्रूण नेवार समुदायमा रहेको बताएका छन्।

शनिवार काठमाडौंवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृति, उत्पादनमा रहेको बताए।

उनले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गरे। उनले नेपालको इतिहासमा आदिवासी जनजातिहरुमध्ये नेवार समुदाय नै अग्रणी भूमिकामा रहेको जिकिर गरे।

नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने बताए।

अध्यक्ष दाहालले भने,  ‘समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृतिमा, उनीहरुको उत्पादन सम्बन्धमा, उनीहरुका गुठी लगायतका विभिन्न खालका संस्था संरचनाहरु जे बनेका छन्, त्यहीँ नेपाली विशेषताको समाजवाद छ। त्यसकारण मैले हाम्रो पार्टीका नेताहरुलाई नेपालको इतिहासमा आदिवासी जनजाति, त्यसमा पनि अग्रणी नेवार समुदाय नै हो।’

उनले थपे, ‘नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरुको भाषा, संस्कृतिबारे जानकारी लिएर मात्रै हामीले नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ। त्यसकारण यो सम्मेलनलाई एउटा विशेष शुरुवात, एउछा पहल, नयाँ बाटोतिर अघि बढ्ने पहलको रुपमा मैले लिएको छु। त्यहाँसम्म हामी आइपुगेका छौँ।

अध्यक्ष दाहालले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेको भए पनि सफल नहुने जिकिर गरे। उनले नेवार समुदायको सम्मेलनले सरकारका गलत क्रियाकलापहरुको विरुद्ध खबरदारी गर्नुपर्ने र प्रतिगामी षड्यन्त्रका विरुद्ध चुनौति दिनुपर्ने बताए।

उनले आफूले नेवार समुदायको निम्ति धेरै काम गरेको दावी गरे। नेवार समुदायको संस्कृति, भाषा, इतिहास, आत्मनिर्णय, पहिचान पूरा स्थापित नभएसम्म माओवादी केन्द्रले नेवार समुदायको साथ नछोड्ने जिकिर गरे।

अध्यक्ष दाहालले यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रका विरुद्ध पुनः एक पटक उत्पीडित वर्ग र जाति, समुदाय अघि बढ्नुपर्ने बताए। त्यसका लागि माओवादीले पुनः एक पटक देशको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए।

सम्बन्धित समाचार