AarthikBikash
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • समाज
  • शिक्षक आन्दोलनको विरुद्धमा उत्रिने तयारीमा यातायात व्यवसायी

शिक्षक आन्दोलनको विरुद्धमा उत्रिने तयारीमा यातायात व्यवसायी

  • सोमवार, बैशाख ८, २०८२
शिक्षक आन्दोलनको विरुद्धमा उत्रिने तयारीमा यातायात व्यवसायी

काठमाडौं-शिक्षकहरुको आन्दोलनका कारण दिउसो माइतीघर–बानेश्वर सडकखण्ड बन्द भएको २० दिन पुगिसक्यो । जसले गर्दा सर्वसाधरण यात्रुदेखि यातायात व्यवसायी समेत मारमा परेका छन् ।

शिक्षक आन्दोलनले माइतीघर–बानेश्वर सडक दिनहुँ अवरुद्ध हुन थालेपछि यातायात व्यवसायीले प्रतिकार गर्ने तयारी गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलनका नाममा दिनहुँ सडक बन्द गराएपछि अब आफूहरू पनि प्रदर्शनको तयारीमा जुटेको बताए ।

उनले भनेका छन्–‘शिक्षक आन्दोलनका नाममा सडक बन्द गर्न पाइँदैन । शिक्षकहरूको माग के हो ? सरकारले पूरा गर्नुपर्‍यो । यसका नाममा आमसडक प्रयोगकर्ताको अधिकार खोसिनुभएन । यसरी सडक अवरुद्ध हुनुभएन ।’

देशभरका शिक्षक गएको चैत २० गतेदेखि दैनिकरूपमा माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनमा छन् ।

शिक्षक आन्दोलनकै कारण काठमाडौंको ट्राफिक व्यवस्थापन दैनिक अस्तव्यस्त बनेको मात्र नभई व्यवसायीहरुले गाडी चलाउन नपाएपछि बैंक किस्ता, कर तथा राजस्व, बिमा, कर्मचारी, मजदुरको व्यवस्थापन समस्या देखिरहेको यातायात व्यवसायीहरुको भनाई छ ।

सडकमा हुने बन्द, हडताल, भेला, सभा, जुलुस, धर्ना, आन्दोलन, हुलहुज्जत र बाटो अवरोधजस्ता कार्यले यातायात व्यवसायी मात्रै होइन सम्पूर्ण क्षेत्रमा असर परेको महासंघको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार