AarthikBikash
बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • राजनीति
  • तीनकुने घटना : म्याद थपका लागि मिश्रसहितलाई अदालत पेश गरिँदै

तीनकुने घटना : म्याद थपका लागि मिश्रसहितलाई अदालत पेश गरिँदै

  • बुधबार, बैशाख १०, २०८२
तीनकुने घटना : म्याद थपका लागि मिश्रसहितलाई अदालत पेश गरिँदै

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रवीन्द्र मिश्र,सांसद धवल शमशेर राणालगायतलाई म्याद थपका लागि आज अदालत पेश गरिँदैछ ।

यसअघि थप गरिएको म्याद सकिएपछि उनीहरूलाई आज जिल्ला अदालत काठमाडौं पेश गरिन लागिएको हो ।

चैत्र १५ गते साँझ पक्राउ परेका मिश्र, सांसद धवल शमशेर राणालगायत २० जनामाथि यसअघि दुईपटक म्याद थप भइसकेको छ ।

उनीहरूमाथि अनुसन्धान गर्न पहिलो पटक ५ दिन र दोस्रो पटक १५ दिनको म्याद थप भएको थियो। यस्तै अपराधिक उपद्रव र संगठित अपराधको कसूरमा अनुसन्धान भइरहेकाविरुद्ध भने दोस्रो पटक २० दिनको म्याद थप गरिएको थियो।

मिश्रसहित २८ चैत्रमा पक्राउ परेका दुर्गा प्रसाईलाई राज्यविरुद्धको कसूर र संगठित अपराध मुद्दा चलाइएको छ। चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार