काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज दुवै सदनमा प्रस्तुत गर्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।
दुवै सदनको संयुक्त बैठकमा पौडेलले दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
सभामुख देवराज घिमिरेले २ः४५ सम्म प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसकेको छन् ।
नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने बताइएको छ ।
वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने संसद्को कार्यसूची छ ।