AarthikBikash
आइतवार, बैशाख २१, २०८२
  • होमपेज
  • राजनीति
  • सांसदहरूलाई कांग्रेसको निर्देशन : नीति तथा कार्यक्रमको पक्षमा बोल्न र समर्थन गर्नू

सांसदहरूलाई कांग्रेसको निर्देशन : नीति तथा कार्यक्रमको पक्षमा बोल्न र समर्थन गर्नू

  • शनिबार, बैशाख २०, २०८२
सांसदहरूलाई कांग्रेसको निर्देशन : नीति तथा कार्यक्रमको पक्षमा बोल्न र समर्थन गर्नू

काठमाडौं-नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावहरूसहित समर्थन गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।

आज बसेको संसदीय दलको बैठकले सांसदहरूलाई यस्तो निर्देशन दिएको हो । राष्ट्रिय आवश्यकताका अधिक विषयहरू नीति तथा कार्यक्रममा समेटिएको कांग्रेसले दाबी गरेको छ ।

प्रमुख सचेतक श्याम घिमिरेका अनुसार शिक्षकहरूसँगको सहमतिअनुसार असार १५ गते भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता कांग्रेसले गरेको छ ।

विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात गर्दै समिति र संसद्‌मा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

सम्बन्धित समाचार