AarthikBikash
बुधबार, बैशाख २४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भारत–पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको अपिल

भारत–पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको अपिल

  • बुधबार, बैशाख २४, २०८२
भारत–पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको अपिल

काठमाडौं-भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् ।

उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् ।

दुजारिकले भने, ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ।’

यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए।

उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा पनि गरेका थिए।

भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हुन् ।

सम्बन्धित समाचार