AarthikBikash
बिहिबार, बैशाख २५, २०८२
  • होमपेज
  • राजनीति
  • माओवादीको टिप्पणी : विद्युत प्राधिकरणलाई घाटामा देखाएर निजीकरण गर्न खोजिएको त होइन ?

माओवादीको टिप्पणी : विद्युत प्राधिकरणलाई घाटामा देखाएर निजीकरण गर्न खोजिएको त होइन ?

  • बुधबार, बैशाख २४, २०८२
माओवादीको टिप्पणी : विद्युत प्राधिकरणलाई घाटामा देखाएर निजीकरण गर्न खोजिएको त होइन ?

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणलाई समेत सरकारले निजीकरण गर्न खोजेको टिप्पणी गरेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा लिएर बोल्दै माओवादीकी सचेतक रुपा सोशी चौधरीले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले भनिन्, ‘नाफामा रहेको नेपाल विद्युत प्राधिकरणलाई घाटामा गएको देखाएर निजीकरण गर्न खोजिएको त होइन ?सरकार नीजिकरणतर्फ उन्मुख भयो । यो समाजवादी संविधानको मर्म विपरीत छ ।’

सम्बन्धित समाचार