एजेन्सी -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अपरेसन सिन्दुर’ अभियानमा खुंखार अपराधीहरू मारिएको दाबी गरेका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सय बढी खुंखार आतंककारी मारिएको दाबी गरेका हुन् ।
उनले गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले भएको घटनामा निर्दोष नागरिकहरूको बीभत्स हत्या गरेको बताए ।
उनले ‘अपरेसन सिन्दुर’लाई देशका हरेक आमा, बहिनी र छोरीहरुलाई समर्पित गरेको बताए । आतंकवादीको संरक्षणले पाकिस्तान एकदिन आफै सिद्धिने पनि उनी बताउँछन् ।