काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।
संसद सचिवालयका अनुसार, बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोध सूचनालाई निर्णयार्थ पेस गरिनेछ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उक्त विधेयक प्रस्तुत गर्नेछन्।
साथै, आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहनेछ।