AarthikBikash
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • खेलकुद
  • थाइल्याण्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

थाइल्याण्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

  • मङ्लबार, जेष्ठ ७, २०८२
थाइल्याण्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

काठमाडौं-आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

​टेर्डथाई क्रिकेट मैदानमा टस हारेको थाइल्याण्डले नेपाललाई निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५९ रनको लक्ष्य दिएको हो ।

थाइल्याण्डका लागि नन्नापाट कोन्चारोनकाई र नताया बूचाथामले समान ५० रन बनाए । त्यसैगरी अफिसरा सुवानचोनराथीले २९ रन बनाएकी थिइन् । नेपाली बलर राजमती ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिए।

नेपाल र थाइल्याण्ड दुवै आइसीसी विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा पुगिसकेका छन् ।

सम्बन्धित समाचार