AarthikBikash
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • राजनीति
  • सभापतिलाई माइक प्रहार गरेकी माओवादी सांसद भन्छिन् : रिसको बदला रिस नै लिएको हुँ

सभापतिलाई माइक प्रहार गरेकी माओवादी सांसद भन्छिन् : रिसको बदला रिस नै लिएको हुँ

  • बुधबार, जेष्ठ ८, २०८२
सभापतिलाई माइक प्रहार गरेकी माओवादी सांसद भन्छिन् : रिसको बदला रिस नै लिएको हुँ

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले संसदीय समितिको बैठकमा माइकको झट्टी हानेकी छन् ।

प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सभापति किरणकुमार साहलाई बुधबार बिहान ७ बजे बसेको समितिको बैठकमा विवाद हुँदा सांसद मियाँले झट्टी हानेकी हुन् ।

बैठक सकिन लाग्दा पुगेकी कुसारी बोल्न खोजेपछि सभापति साहले अनुमति लिएर बोल्न भनेका थिए ।

लगत्तै, उनीहरूबीच केहीबेर भनाभन भयो र कुसारीले बोल्न लागेको माईकले नै झट्टी हानिन् ।

सभापति साहका अनुसार शोभा ज्ञवाली र सुशीला सिर्पाली संयोजक रहेका उपसमितिका प्रतिवेदन समितिमा बुझाउन बैठक डाकिएको थियो । त्यहीक्रममा ढिलो आएकी कुसारीले आफूखुसी बोल्न थालेपछि रोक्न खोज्दा आक्रमण भएको हो ।

बैठकमा ढिलो आएर पनि विषयवस्तु भन्दा फरक कुरा गरेपछि विवाद र भनाभन भएको स्वीकार गर्दै सभापति साहले आजको घटनामा छानबिन गरेर सांसद कुसारीलाई कारबाही गरिने बताए ।

सभापति साहले भने–‘माइकमा के कति क्षति भएको छ त्यो हेर्न सचिवालयलाई भनेको छु । कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’

यता, कुसारीले भने भनाभान भएको स्वीकार गर्दै भनेकी छन्–‘सभापति अभिभावक हो । उहाँ रिसाउनुभयो । म पनि रिसाह मान्छे हुँ । रिसको बदला रिस नै लिएको हुँ ।’

हिजो नै आफूले सभापतिलाई आफू बैठकमा ढिला आउने जानकारी गराएको बताउँदै उनले भनिन्–‘बिहानै बैठक राख्नुपर्ने आपतकालीन विषय थिएन । ७ बजे बैठक राखेर संसदको कर्मचारीलाई दुःख दिएको छ । हामी महिला छोराछोरी स्कुल पठाएर घरको काम गरेर आउनुपर्छ । १०–११ बजे बैठक राखेको भए पनि हुने हो । बिहान राति बैठक राख्नुपर्ने थिएन ।’

सम्बन्धित समाचार