mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ १८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

  • शुक्रबार, जेष्ठ १०, २०८२
हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द गरेको छ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले हार्वर्डको विद्यार्थी तथा विनिमय आगन्तुक कार्यक्रमको प्रमाणीकरण तत्काल रद्द गर्न गृह सुरक्षा विभागलाई आदेश दिएका हुन् ।

हाल, विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीलाई अन्य संस्थामा स्थानान्तरण गर्न भनिएको छ। अन्यथा, उनीहरूले देश छोड्नु पर्ने हुन सक्छ।

विगत केही दिनदेखि हार्वर्ड र सरकारबीच विदेशी विद्यार्थीहरूसँग सम्बन्धित रेकर्डलाई लिएर विवाद भइरहेको थियो ।

ह्वाइट हाउसले हार्वर्डलाई विश्वविद्यालयमा यहूदीविरोधी भावना कम गर्न भर्ना र शिक्षण तरिकाहरूमा परिवर्तन गर्न माग गरेको छ ।

यसले विश्वविद्यालयको करमुक्त अवस्था रद्द गर्न र सरकारी अनुदानको अरबौँ डलर रकम फ्रिज गर्ने धम्की दिएको छ ।

सम्बन्धित समाचार