AarthikBikash
शुक्रबार, जेष्ठ १०, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • वृद्धभत्ता पाउने उमेर बढाउँदै सरकार, ७० वर्ष पुग्नैपर्ने

वृद्धभत्ता पाउने उमेर बढाउँदै सरकार, ७० वर्ष पुग्नैपर्ने

  • शुक्रबार, जेष्ठ १०, २०८२
वृद्धभत्ता पाउने उमेर बढाउँदै सरकार, ७० वर्ष पुग्नैपर्ने

काठमाडौं-सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने भएको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव कार्यान्वयनका लागि तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएसंगै वृद्धभत्ता पाउने उमेर बढ्ने भएको हो ।

अहिले नेपालमा ६८ वर्ष पूरा भएका सबै ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् ।

तर, कार्ययोजनामा ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने उल्लेख छ ।

यसलाई बजेटबाटै ७० वर्ष कायम गर्ने तयारी सरकारले गरेको छ ।

भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समेत कार्ययोजनामा उल्लेख छ ।

सरकारले २०७९ सालमा वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको थियो ।

त्यसअघिसम्म ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोका थिए ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले २०७९र८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरेका थिए ।

त्यसअघि २०७४ सालमा तत्कालीन शेरबहादुर देउबा नेतृत्वको सरकारले ६५ वर्षमै वृद्ध भत्ता दिने व्यवस्था गरेपनि संसदीय निर्वाचनपछि बनेको सरकारले सो निर्णय खारेज गरेको थियो ।

सम्बन्धित समाचार