AarthikBikash
शनिबार, जेष्ठ ११, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नागढुङ्गा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

नागढुङ्गा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

  • शनिबार, जेष्ठ ११, २०८२
नागढुङ्गा-नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौं-नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।

नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।

आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ ।

नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौँबाट जाने सवारीसाधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारिसाधन खानीखोलामा रोकिने जनाएको छ ।

प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे­त्रिशूली­गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचार