AarthikBikash
शनिबार, जेष्ठ ११, २०८२
  • होमपेज
  • राजनीति
  • आफ्ना हातले गलत काम हुनेबित्तिकै राजनीति छाड्ने गृहमन्त्री लेखकको घोषणा

आफ्ना हातले गलत काम हुनेबित्तिकै राजनीति छाड्ने गृहमन्त्री लेखकको घोषणा

  • शनिबार, जेष्ठ ११, २०८२
आफ्ना हातले गलत काम हुनेबित्तिकै राजनीति छाड्ने गृहमन्त्री लेखकको घोषणा

धनुषा-गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा मुख खोलेका छन् ।

शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा उनले आफूले गलत काम गरेको भए राजनीतिमा देखा नपर्ने बताएका हुन् ।

उनले आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले आफ्नो कुरा राख्ने बताए । पार्टीका सार्थीहरूको मन सानो हुने र टाउको निहुरिने काम नगर्ने उनको भनाइ छ ।

‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैन,’ उनले भने, ‘जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिमा देखा पर्दैन ।’

उनले आफूमाथि लागेको आरोप बारे दुई/चार दिनमा बोल्ने बताए । तर आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्ने बताए ।

सम्बन्धित समाचार