AarthikBikash
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • राजनीति
  • निजामती कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालयमा धर्ना

निजामती कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालयमा धर्ना

  • आइतवार, जेष्ठ १२, २०८२
निजामती कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालयमा धर्ना

काठमाडौं-निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् ।

संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आइतबार धर्ना दिएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको बताएका छन् ।

उनीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभइ ५ बर्ष राख्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने लगाएतका माग राखेका छन् ।

विधेयकमा भएको अहिलेको व्यवस्थाले कर्मचारीको मनोबल घटाउने काम भएको बताएका उनिहरुले सरकार र संसदीय समिति गम्भीर नभए सोमबारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।

सम्बन्धित समाचार