काठमाडौं-नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कुनै संलग्नता नरहेको र राजिनामा दिनु नपर्ने निष्कर्ष निकालेकै दिन नेकपा माओवादी केन्द्रले भने लेखकको राजीनामा मागेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष भएको बताउँदै निकाल्दै राजिनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।
यता, आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले भने मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाले गहृमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको बताए ।
उनले भने–‘स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ ।’