काठमाडौं-नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष भएको बताउँदै निकाल्दै राजिनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।
उक्त बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका कांग्रेस नेतालाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ ।
गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी नेताहरूलाई सुनाएका थिए ।
बैठकमा बोल्ने क्रममा नेताहरूले पार्टी भित्रैबाट गृहमन्त्री लेखकको राजीनामा मागिएकोप्रति आपत्ति जनाएका थिए ।
नेता डा. शशांक कोइरालाले राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने धारणा आएको बताए ।
संस्थापनइतरका नेता डा. शेखर कोइरालाले छानबिनलाई सघाउन गृहमन्त्री लेखकले राजीनामा दिनु उचित हुने बताएका छन् ।
शनिबार विराटनगरमा पत्रकारहरूसँग बोल्दै कोइरालाले नैतिकताका हिसाबले गृहमन्त्रीले राजीनामा गर्नुपर्ने बताएका थिए । उनले भनेका थिए–उहाँले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरेँ, छानबिन समिति बनाउनुस्, भने भइहाल्यो, सक्यो, त्यसले मोरल स्ट्याटस देखाउँछ।’
कोइराला पक्षीय सांसदहरू डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।