AarthikBikash
बिहिबार, जेष्ठ १६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ढुङ्गा खसेर लाग्दा बाटोमा हिँडिरहेकी वृद्धाको मृत्यु

ढुङ्गा खसेर लाग्दा बाटोमा हिँडिरहेकी वृद्धाको मृत्यु

  • बुधबार, जेष्ठ १५, २०८२
ढुङ्गा खसेर लाग्दा बाटोमा हिँडिरहेकी वृद्धाको मृत्यु

काठमाडौं-दार्चुलाको नौगाड गाउँपालिका– ६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गर्नेक्रममा ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जोशीको घटनास्थलमै आज बिहान मृत्यु भएको हो ।

बाटोमा हिँडिरहेकी उनलाई रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।

यस्तै जोशीसँग हिँडेका नौगाड गाउँपालिका– ६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।

सम्बन्धित समाचार