काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् ।
फोनमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई सदनको अवरोध खोल्न अनुरोध गरेका छन् ।
जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गरेका छन्।