кракен ссылкакракен ссылка
AarthikBikash
शुक्रबार, जेष्ठ १७, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • राजनीति
  • गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्र बदल्नुपर्छ : राष्ट्रपति पौडेल

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्र बदल्नुपर्छ : राष्ट्रपति पौडेल

  • बिहिबार, जेष्ठ १६, २०८२
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्र बदल्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नुपर्ने बताए । राष्ट्रपति पौडेलले शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने पनि बताए।

‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ,’ राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्, ‘हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु।’

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु अरू कोही नभई ढिलासुस्ती, अनियमितता र बेथिति भएको तथ्य जगजाहेर भएको पनि राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ।

सम्बन्धित समाचार