काठमाडौं-नेपाली पुरुष फुटबल टोलीले आज हङकङविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।
एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेल अघि हङकङ संग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल बिहीबार साँझ ५ः४५ बजे हङकङमा सुरु हुनेछ ।
मुख्य प्रशिक्षक म्याट रसले खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा टोली खेलका लागि तयार रहेको बताएका छन् । रसले हङकङलाई नजिकबाट नियालेको र विपक्षीको अवस्था राम्रो भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उल्लेख गरे ।
प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोंगले मैत्रीपूर्ण मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत राम्रो तयारी गरेको बताए । हङकङ फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ । नेपाल भने १ सय ७५ औं स्थानमा छ ।