кракен ссылкакракен ссылка
AarthikBikash
सोमवार, जेष्ठ २७, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • अमेरिकाको भर्जिनियामा चारजना नेपाली मृत भेटिए

अमेरिकाको भर्जिनियामा चारजना नेपाली मृत भेटिए

  • शनिबार, जेष्ठ २५, २०८२
अमेरिकाको भर्जिनियामा चारजना नेपाली मृत भेटिए

काठमाडौं – अमेरिकामा चार नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत फेला परेका हुन्।

३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, २ वर्षे बालक र ८ वर्षीया बालिका मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको नेपाली ठेगाना यकिन भइसकेको छैन । घटनास्थलमा एक थान बन्दुक पनि फेला परेको छ। प्रहरीले यो घटनालाई हत्यापछिको आत्महत्या भनेको छ।

सबै शवलाई मानेसासस्थित मेडिकल एक्जामिनरको कार्यालयमा लगिएको छ। स्थगानीय टेलिभिजनसँगको कुराकानीमा छिमेकीले करिब ६ महिनाअघि मात्र उनीहरु सो बस्तीमा बसिई सरेको बताएका छन् । प्रहरीले थप अनुस्न्धान गरिरहेको छ ।

सम्बन्धित समाचार