кракен ссылкакракен ссылка
AarthikBikash
मङ्लबार, जेष्ठ २८, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • पोखराको बीच सडकमा रगतसहित युवकको शव फेला

पोखराको बीच सडकमा रगतसहित युवकको शव फेला

  • सोमवार, जेष्ठ २७, २०८२
पोखराको बीच सडकमा रगतसहित युवकको शव फेला

काठमाडौं-पोखरा महानगरपालिका वडा नम्बर १५ वन विज्ञान अध्ययन संस्थान नजिकैको बीच सडकमा रगतसहित युवकको शव फेला परेको छ ।

रगतसहित अनुहार र शरीरमा चोट लागेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा शवसहित हथौडासमेत भेटिएको र प्रहार गरिएका चोटहरु शरीरमा रहेकाले हत्या भएको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पहिचान नखुलेको युवकको बीच सडकमा उत्तानो परेको शव हेर्दा हथौडा प्रहार गरेर हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार बिहानै तालिमप्राप्त कुकुरमार्फत पनि अनुसन्धान थालेको र अहिलेसम्म घटना रहस्यमय देखिएको छ ।

आज बिहान ४ वा साढे ४ बजेतिर घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित समाचार