кракен ссылкакракен ссылка
AarthikBikash
बुधबार, जेष्ठ २९, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • वैशाखसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात, २५ खर्ब बढी विदेशी मुद्रा

वैशाखसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात, २५ खर्ब बढी विदेशी मुद्रा

  • मङ्लबार, जेष्ठ २८, २०८२
वैशाखसम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात, २५ खर्ब बढी विदेशी मुद्रा

काठमाडौं-चालु आर्थिक वर्षको २०८१/०८२ को १० महिनासम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ ।

२०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।

त्यस्तै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित छ ।

गत असार मसान्तसम्मको तुलनामा वैशाखसम्म आउँदा मुद्रा सञ्चिति रकम २३.१ प्रतिशतले बढेको छ ।

वैशाख मसान्तसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति रकम १८ अर्ब ४० करोड डलर बराबर रहेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा सञ्चिति असार मसान्तसम्मको तुलनामा २०.५ प्रतिशतले बढेको हो ।

कुल सञ्चिति रकममध्ये राष्ट्र बैंकमा २२ खर्ब ११ अर्ब ११ करोड छ भने बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बराबरको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार