काठमाडौं-भारतको अहमदावादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
लण्डनका लागि उडेको विमान अहमदाबाद विमान स्थलबाट उडान भरेको केही समयपछि मेघनीनगर नजिकै दुर्घटनाग्रस्त भएको हो ।
एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइन विमानमा २ सय ४२ जना यात्रु सवार थिए ।
उक्त विमानमा गुजरात राज्यका पूर्वमुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता विजय रुपाणी पनि सवार रहेको भारतीय टेलिभिजन आजतकले उल्लेख गरेको छ ।