AarthikBikash
शनिबार, जेष्ठ ३२, २०८२
  • होमपेज
  • राजनीति
  • पाठकबारे आरजुको स्पष्टोक्ति : काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर राज्यको कानून अनुसार नै प्रहरीसम्म पुगेका हौ

पाठकबारे आरजुको स्पष्टोक्ति : काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर राज्यको कानून अनुसार नै प्रहरीसम्म पुगेका हौ

  • शुक्रबार, जेष्ठ ३१, २०८२
पाठकबारे आरजुको स्पष्टोक्ति : काउन्सिलमार्फत प्रक्रिया सुरु गर्न नमिलेर राज्यको कानून अनुसार नै प्रहरीसम्म पुगेका हौ

काठमाडौं-परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले प्रेस काउन्सिलबाट प्रक्रिया नमिल्ने भएकाले पत्रकार दिलभूषण पाठकविरुद्ध आफूहरू सिधै प्रहरीसमक्ष पुगेको बताएकी छन् ।

राणाले आफ्नो परिवारलाई बदनाम गराउने दुसित मनसायसहित कुनै सरकारी निकायमा दर्ता नभएको युट्युब च्यानलविरुद्ध कारबाहीका लागि प्रेस काउन्सिलको दायरामा नपर्ने भएकोले आफूहरु प्रहरीमा गएको बताएकी छिन् ।

सामाजिक फेसबुकमा एक लामो स्टाटस लेख्दै राणाले फरक प्रसंगमा एक दैनिककी सञ्चालकसँग भएको कुराकानीलाई पनि धम्कीको रुपमा लिइएको भन्दै रोष प्रकट गरेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छन्–‘उक्त भ्रामक र तथ्यहीन भिडियो प्रसारण गर्ने संस्था कुनै पनि सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया सुरु गर्न नमिलेर हामीले राज्यको कानुन अनुसार नै न्याय खोजेका हौँ ।

सम्बन्धित समाचार