काठमाडौं-गृहमन्त्री रमेश लेखकले अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको बताएका छन् ।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
अपराधमा विज्ञानको प्रयोग मानवताका विरुद्ध भइरहेको बताँउदै उनले भने, ‘ हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो ।’
विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ्य, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको भन्दै लेखकले प्रमाण संकलन होसियारका साथ गर्नुपर्ने बताए ।