AarthikBikash
आइतवार, असार १, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

  • आइतवार, असार १, २०८२
चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं-रौतहटमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

गरुडा नगरपालिका–१ जयनगरका ६५ वर्षीय सियाराम वनियाको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

मृतक वनिया घर अगाडि बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका थिए। प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

सम्बन्धित समाचार