AarthikBikash
आइतवार, असार १, २०८२
  • होमपेज
  • राजनीति
  • अझै सुरु भएन संसद बैठक : संवैधानिक बाध्यता बुझिदिन रास्वपा र राप्रपालाई सभामुखको आग्रह

अझै सुरु भएन संसद बैठक : संवैधानिक बाध्यता बुझिदिन रास्वपा र राप्रपालाई सभामुखको आग्रह

  • आइतवार, असार १, २०८२
अझै सुरु भएन संसद बैठक : संवैधानिक बाध्यता बुझिदिन रास्वपा र राप्रपालाई सभामुखको आग्रह

काठमाडौं-सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टा–छुट्टै छलफल गरेका छन् ।

बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु भएको छैन। आज पनि तोकिएको समयमा बैठक बस्न नसकेपछि सभामुख घिमिरेले छुट्टा–छुट्टै छलफल गरेका हुन् ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको,अवरोधको स्वरुप बदल्न आग्रह गरे ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले भने आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाए ।

सभामुखले अध्यक्ष लिङ्देनलाई पनि टेलिफोन गर्दै संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गरेका छन् ।

सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका हुन्।

शुक्रबार सत्तारुढ दल नेकपा नेकपा एमाले–कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच संसद खुलाउन दुई बुँदे सहमति भए पश्चात संसद खुलेको थियो। तर,विपक्षी दलहरू राप्रपा र रास्वपाले अवरोध गरेका थिए।

अवरोधकै बीच सभामुखले गृहमन्त्री लेखकलाई भिटिज भिसा प्रकरणबारे उठेका प्रश्नको जवाफ दिएका थिए।

सम्बन्धित समाचार