AarthikBikash
आइतवार, असार १, २०८२
  • होमपेज
  • राजनीति
  • कनिका छरेको जस्तो बजेट आयो : आङ्बो

कनिका छरेको जस्तो बजेट आयो : आङ्बो

  • आइतवार, असार १, २०८२
कनिका छरेको जस्तो बजेट आयो : आङ्बो

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेस र एमालेले आफ्ना कार्यकर्तालाई मात्रै खुसी बनाउनेगरी बजेट आएको बताएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभा बैठकमा ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छन् ।

सोही बजेटको बारेमा टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले परम्परा धान्ने खालको मात्रै बजेट आएको हुँदा कुनै पनि परिणाम र उपलब्धि हासिल गर्न नसकिने बताए ।

कनिका छरेको जस्तो बजेट आएको बताउँदै उनले भने, ‘संघीयता कार्यान्वयनका हिसाबले लाखको बजेट केन्द्रमा आयो । ५० हजारको बजेट प्रदेशमा आउँदैछ । बजेट वक्तव्यले त्यो संकेत गरेको छ ।’

सम्बन्धित समाचार