काठमाडौं-संघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले यो विधेयकको प्रतिवेदन सभामा पेस गरेका हुन् ।
यो विधेयक २१ फागुन २०८० मा आएको थियो । सभामा आएर दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको थियो ।
सुशासन समितिले दफावार छलफलपछि विधेयक पारित गरेर सभामै फर्काएको छ ।
अब यो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जानेछ ।