काठमाडौं-फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् । प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए ।
अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइरहेको छ ।
काठमाडौंको तार्केश्वर नगरपालिका -३ स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला परेका हुन् । प्रहरीले भेट्नासाथ ‘तपाईं यहाँ किन ?’ भनेर सोध्यो । उनले ‘मर्न आएको’ भने । प्रहरीले ‘जिउँदै हुनुहुन्छ त ?’ भन्दा उनले ‘दाम्लो पाइएन’ भने ।
रिसोर्टबाट पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली लगिदैछ । उनीविरुद्ध कुनै मुद्दा नचल्ने जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए । प्रहरीले उनकी श्रीमतीलाई सम्पर्क गरेको र उनकै जिम्मामा छोडिने भएको छ ।