काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने भएको छ । उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।बोर्डको नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने भएपनि शिक्षकहरुको आन्दोलनको कारण उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा ढिलाई भएको हो । एसईईको परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू थिए ।