AarthikBikash
मङ्लबार, असार ३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरले लगायो रोक

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरले लगायो रोक

  • मङ्लबार, असार ३, २०८२
असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरले लगायो रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा फुटपाथ खन्न रोक लगाएको छ । महानगरको सार्वजनिक निर्माण विभागले मङ्गलबार एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडकरफुटपाथ खन्ने स्वीकृतिरसहमति नदिइने स्पष्ट पारेको पारेको छ ।वर्षायाममा आम सर्वसाधारण हिलो र धुलोको मारमा परेको अवस्थालाई मध्यनजर गर्दै महानगरले उक्त निर्णय गरेको हो । महानगरको सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडकरफुटपाथ खन्न स्वीकृतिरसहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

सम्बन्धित समाचार